कांग्रेस सप्तरीको सभापतिमा साह विजयी
मेरोन्यूज
२०७८ फागुन २६ गते २१:२२
सप्तरी । नेपाली कांग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई ११६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।
यादवले एक हजार ७० मत प्राप्त गरेका छन् । मंगलबार सम्पन्न मतदानको मत गणना बिहीबार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कूल दुई हजार ५३५ मतदाता छन् ।
जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापतिसहित ८५ पदका लागि मतदान भएको छ । उपसभापतिसहित अन्य पदको मतदान अब शुरू हुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन ।
सम्बन्धित
















टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द
आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया