प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण
मेरोन्यूज
२०७८ फागुन २६ गते २१:०४
काठमाडौँ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आव २०७८–०७९ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ ७ः३० बजे पठाएको थियो ।
प्रदेशसभा सचिवालयबाट प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका सूचना प्रेस विज्ञप्तिमार्फत जानकारी गरिएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया