प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण
मेरोन्यूज
२०७८ फागुन २६ गते २१:०४
काठमाडौँ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आव २०७८–०७९ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ ७ः३० बजे पठाएको थियो ।
प्रदेशसभा सचिवालयबाट प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका सूचना प्रेस विज्ञप्तिमार्फत जानकारी गरिएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया