आज वृषलाई अर्थलाभ, तपाईंको राशी कस्तो ?

आज २७ फागुन २०७८ शुक्रबार । तद्नुसार मार्च ११ तारिक २०२२ । फागुनशुक्लपक्ष नवमी तिथि, हिजोदेखि होलिकारम्भ शुरुवात भएको छ । आज बालव करण, मृगशिरा नक्षत्र, आयुष्मान योग, चन्द्रमा मिथुन राशिमा छ । आज सूर्योदय बिहान ६ः१८ भएको छ भने सूर्यास्त ६ः१० मा हुनेछ । आज बिहान १०ः४६ देखि १२ः१५ सम्म राहुकाल छ । राहुकालमा कुनै पनि शुभकार्य गर्न नहुने मान्यता छ । आजको देवता चन्द्र र ग्रहदेव केतु हुन् । शुक्रबार आभूषणका विलासिताका सामान खरिद गर्दा शुभ मानिन्छ ।
मेष
आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ ।
वृष
व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ । तपाईंले निकैं सोच अनुसार काम हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।
मिथुन
आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्छन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ छ । आज बिहान सूर्यनारायणको दर्शन पनि दिनको शुरुवात गर्नु उत्तम हुनेछ ।
कर्कट
आजको दिन शुभ छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।
सिंह
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको राशिबाट महिला र वृद्ध मातालाई केही उपहार दिनु होला । तपाईंमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला ।
तुला
आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपार्इंको कार्यमा सफलता मिल्नेछ । विवाद हुने काम नगर्नु होला ।
धनु
आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ । धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् ।
मकर
तपाईंलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले मनमा प्रसन्नता छाउने छ ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।
मीन
बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययनअध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुची बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक ऊर्जा मिल्नेछ ।
















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया