प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउँदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि सुरु हुने बिएस्सी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गरिने भएको छ । सोहीअनुरुप ती कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिका बारेमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले जानकारी गराएका थिए ।
सो अवसरमा प्रतिष्ठानका अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा रमेश कँडेल, डीन डा सागर पन्थी, सहायक निर्देशक डा एन्जिलिका कार्कीलगायतको उपस्थिति थियो ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया