प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउँदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि सुरु हुने बिएस्सी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गरिने भएको छ । सोहीअनुरुप ती कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिका बारेमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले जानकारी गराएका थिए ।
सो अवसरमा प्रतिष्ठानका अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा रमेश कँडेल, डीन डा सागर पन्थी, सहायक निर्देशक डा एन्जिलिका कार्कीलगायतको उपस्थिति थियो ।
















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया