एमसीसी पास भएपछि गठबन्धनमा समस्या छैन : प्रचण्ड
मेरोन्यूज
२०७८ फागुन २७ गते १०:१७

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमसीसी पास भएपछि गठबन्धनमा कुनै समस्या नआएको बताएका हुन् ।
यस्तै, उनले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको दाबी गरे । उनले देश माओवादीकै एजेण्डामा चलिरहेको बताउँदै राष्ट्रिय राजनीतिमा माओवादीको इशारामा राजनीति चलेको बताए ।
उनले भने, ‘आगामी स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत पुगेका हुन् ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया