महालक्ष्मी बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरा चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका १९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।
यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले जानकारी दिए । एक विशेष कार्यक्रमबीच उक्त विज्ञान प्रयोग शालाका सामाग्री विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो ।
महालक्ष्मी विकास बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम नेपाल भर छरिएर रहेका १०३ शाखाहरुमार्फत गर्दै आइरहेको छ । बैंकले कूल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
















उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया