महालक्ष्मी बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरा चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका १९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।
यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले जानकारी दिए । एक विशेष कार्यक्रमबीच उक्त विज्ञान प्रयोग शालाका सामाग्री विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो ।
महालक्ष्मी विकास बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम नेपाल भर छरिएर रहेका १०३ शाखाहरुमार्फत गर्दै आइरहेको छ । बैंकले कूल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया