विभाजनको संघारमा एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजनतर्फ लक्षित भएको छ ।
एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएपछि विवाद झनै चुलिएको हो । गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौं महाधिवेशन विवादका कारण हुन नसकेपछि विवाद समाधान गर्न भन्दै एनआरएनएको प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति बनाइएको थियो । उक्त समितिले निर्धारित समयमा निकास दिन नसकेको भन्दै निर्वाचन कार्यक्रम अघि सारिएको थियो ।
एनआरएनएको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवार मनोनयन गर्ने शुक्रबार अन्तिम दिन हो । आगामी मार्च २६ र २७ गते महाधिवेशन गराउने गरी निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । तर निर्वाचन कार्यक्रम अघि बढ्दै गर्दा एनआरएनएका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समिति पुनर्गठन गरेका छन् ।
संघको विधानअनुसार केन्द्रीय समितिको निर्वाचन गराउन भन्दै उनले निर्वाचन समिति पुनर्गठन गरेका हुन् । घलेले निर्वाचन कार्यक्रमलाई नै अस्वीकार गर्दै पुनः महाधिवेशन आयोजक समिति गठन गरेपछि एनआएरएन विभाजनको दिशामा अघि बढेको संकेत मिलेको एनआरएन प्रतिनिधिहरुले बताएका छन् ।
घलेले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा महाधिवेशन आयोज समिति गठन गरेका छन् । उक्त समितिले मार्च २२ देखि २५ तारिखमा नै निर्वाचन गर्ने घोषणा गरेको छ ।
एनआरएनएका वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्तले विधानअनुसार नै निर्वाचन कार्यक्रम अगाडि बढेको भन्दै निर्वाचन समिति पुनर्गठन अस्वीकार गरेका छन् ।
घलेले निर्वाचन समिति पुनर्गठन गरेपछि एनआरएन सदस्यहरु स्पष्ट रुपमा दुई समूहमा बाँडिएका छन् । स्रोतकाअनुसार एनआरएन विभाजनकै अवस्थामा पुग्दा दुई समूह मात्र नभई दुई भन्दा बढी समूहमा विभाजन हुन सक्ने छ ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया