थप ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २७ गते १५:५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरीका विभिन्न प्रयोगशालामा ७ हजार ९ सय ८१ जनामा गरिएको नमूना परीक्षणका क्रममा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो समयावधिमा कोरोना संक्रमण पुष्टी भई कोभिड आइसोलेशनमा रहेका १ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट १८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरानो संक्रमणविरुद्ध खोप अभियान अहिले पनि जारी रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ५ हजार २ सय १२ कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया