थप ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २७ गते १५:५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरीका विभिन्न प्रयोगशालामा ७ हजार ९ सय ८१ जनामा गरिएको नमूना परीक्षणका क्रममा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो समयावधिमा कोरोना संक्रमण पुष्टी भई कोभिड आइसोलेशनमा रहेका १ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट १८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरानो संक्रमणविरुद्ध खोप अभियान अहिले पनि जारी रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ५ हजार २ सय १२ कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया