भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ

कैलाली,
एक जना भारतीय नागरिकको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका छन् ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्याको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको शव फेला परेको थियो ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन २२ गते आइसक्रिम विक्री गरे बापत १ हजार २४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग से.१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट भएको थियो ।
कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा उनीहरुबीच भाडाको बिषयमा विवाद भएको प्रहरीले जनाएको छ ।
उनीहरूबीच हातपात हुँदा कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरू माथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।














इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
प्रतिक्रिया