सेञ्चुरी बैंकको ११ औं वार्षिकोत्सवः ४८ कर्मचारी सम्मानित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ४८ जना कर्मचारी सम्मानित भएका छन् । बैंकको ११ औं वार्षिक उत्सवका अवसरमा लामो समयदेखि सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको हो ।
बैंक स्थापनाकालदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरुलाई कदरपत्रसहित सम्मान गरिएको हो । बैंकले वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रहरु गरेको थियो ।
एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा विशेष समारोहको आयोजना गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गरे ।
बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको श्रेष्ठले जानकारी दिए ।
बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गरेका सबैप्रति आभार ब्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकका अध्यक्ष श्रेष्ठले लुम्बिनी आई इन्स्टिच्यूटका व्यवस्थापन समिति अध्यक्ष सागरप्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण खरिदका लागि ४ लाख २ हजार २ सय ८० रुपैयाँ र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरका विद्यार्थीहरुका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा. सुरेश बस्नेतलाई एक लाख सहयोग रकम हस्तान्तर गरेका छन् ।
साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई रु. ५० हजार तथा नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई स्वास्थ्य सेवा कोष स्थापनाका लागि रु एक लाख सहयोग प्रदान गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया