‘बी’ डिभिजन लिगः सरस्वतीको लगातार चौंथो जित
भगवतिद्वारा सामाजिक युथ र नयाँबस्तीद्वारा ब्वाइज युनियन पराजित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले आफ्नो चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको छ ।
शुक्रबार नै भएको अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दा सन्तोष केसीले ३५औं, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औं मिनेटमा गोल गरेका थिए ।
यता, सामाजिक युथ क्लबका लागि बिकास टिटुङले ५०औं र बसन्त बहादुर रानाले ६०औं मिनेटमा एक÷एक गोल फर्काएका थिए ।
रोमाञ्चक जितपछि भगवतीले तालिकामा ४ खेलबाट १० अंक जोडेको छ । समान ४ खेलबाट तेस्रो हार भोगको सामाजिकको १ अंक छ । समाजिक युथ क्लब तालिकाको पुछारमा छ ।
लिग अन्तर्गत दिनको दोस्रो खेलमा सरस्वतीले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
सरस्वतीको जितमा अनिस परियार र अर्जुन गुरुङले एक–एक गोल गर्दा खुमलटारका लागि एकमात्र गोल सविन केसीले गोल गरे अन्तर घटाएका थिए । खुमलटारले २७औं मिनेटमा पेनाल्टीबाट अग्रता लिए पनि कायम राख्न असफल भएको थियो ।
अनिसले ४९ औं मिनेटमा सरस्वतीका लागि पहिलो गोल गर्दा ८५ औं मिनेटमा अर्जुनले टोलीका लागि दोस्रो गोल गर्दै जित निश्चित गरेका थिए ।
यससँगै सरस्वतीले चार खेलमा दोस्रो जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ । सरस्वतीले चार खेलबाट ८ अंक जोडेको छ ।
यता, खुमलटारले भने दोस्रो पराजय भोगेको छ । दुई खेलमा जित हात पारेको खुमलटार ६ अंक छ ।
लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नयाँ बस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ ले पराजित ग¥यो । नयाँ बस्तीको जितमा सुमन योंग्य, रोशन आङदेम्बे र सोम थापा एक–एक गोल गर्दा ब्वाईज युनियनका लागि विनोद राई र दिवस मास्केले एक–एक गोल गरे ।
जितसँगै नयाँबस्तीले चार खेलबाट ६ अंक जोडेको छ । यता तालिकामा ३ अंक जोडेको ब्वाईज युनियनको चार खेलबाट यो तेस्रो पराजय हो ।
लिगमा शनिबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल बाँसबारी क्लब र मध्यपुर युथ एसोसियसन, दोस्रो खेल बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा अन्तिम खेल चर्चब्वाइज युनाइटेड र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
















युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया