शुक्रबार, चैत १३, २०८२

मन्त्री श्रेष्ठले भनिन्– कर्मचारीहरु नागरिकप्रति उत्तरदायी बन्नुस्

मेरोन्यूज २०७८ फागुन २७ गते २०:५५

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कर्मचारीहरु सेवाग्राहीप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौं अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजस्वबाट पालिएका सबै जना जनताप्रति उत्तरदायी बन्नुुपर्नेमा जोड दिइन् ।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभई सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यवहारिक समस्या समाधान गर्न मन्त्रालय र आफूू तयार रहेको बताइन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरु प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरु पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छवी हटाउने गरी काम गर्न सम्बद्ध सबै पक्ष एक भएर लाग्न आश्यक रहेको औंल्याइन् ।

उनले कर्मचारीहरुले जनउत्तरदायी र पारदर्शी भएर काम गर्नु पर्ने र राम्रा काम गर्नेलाई प्रोत्साहन तथा पुुरस्कारको समेत व्यवस्था हुनुु पर्ने कुरामा आफूूले सधै जोड दिदै आएको भन्दै अब चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्थ गर्न ढिलाइए गर्न नहुने पनि बताइन् ।

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूूमिहिनहरुलाई लालपूर्जा वितरण गर्ने र जमिन दिने कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै टिमबद्ध भएर काम गर्दा समयमा नै काम गर्न सकिने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई आग्रहसमेत गरिन् ।

प्रतिक्रिया