छोरी शिक्षाअन्तर्गत छात्रवृत्ति प्रदान
काठमाडौँ । तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रम छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका ७० जना छोरीलाई पढाउन थालेको हो ।
नीति तथा कार्यक्रममा नै छोरीको शिक्षामा जोड दिँदै नगर सरकारले छोरी शिक्षा कार्यक्रम ल्याएको हो । अहिले ४७ जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको र थप २३ जनाको स्थान रिक्त भएकोकम छिट्टै छनोट गरी छात्रवृत्ति प्रदान गरिने तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए । छात्रवृत्तिका लागि नगरपालिकाको मापदण्डअनुसार १.६ जिपिए ल्याएको हुनु पर्ने छ ।
नगरपालिकाले कक्षा ८ मा अध्ययनरत छोरीलाई प्रतिमहिना एक हजारका दरले वितरण गरी शिक्षा क्षेत्रमा अगाडि बढाउने योजनाका साथ कार्यक्रम सञ्चालन गरेको हो । आगामी वर्षमा छोरीहरुको स्वास्थ्य, कृषि, इन्जिनियरलगायतका प्राविधिक विषयमा पहुँच वृद्धि हुने छ ।
तानसेन नगरप्रमुख अशोककुमार शाहीले छोरीहरुको अभिभावकत्व ग्रहण गर्नु पर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउँदै अझै उच्च शिक्षामा पनि अभिभावकत्व ग्रहण गर्ने योजनाअनुसार कार्यक्रम बनाएको बताए । व्यावसायिक तथा प्राविधिक शिक्षामा छात्राको संख्या वृद्धि गर्न र छोरीले पढ्ने अवसर पाउन भनेर नै नगर सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो कार्यक्रम ल्याएको नगरप्रमुख शाहीको भनाइ छ ।
अहिले ४७ छोरीलाई छ महिनाको छ हजारका दरले दुई लाख ८२ हजार छात्रवृत्ति प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया