बिहीबार, माघ ८, २०८२

सरकार बनाउन लगाएको टेको कमजोर परेछ : ‌अध्यक्ष ‌ओली

मेरोन्यूज २०७८ फागुन २८ गते ११:४६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावदेखि सरकारमा रहेका दलहरू डराएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उनले चुनावदेखि अरू दलहरू डराएर जनतामा जान नचाहेको बताए ।

यस क्रममा अध्यक्ष ओलीले आफ्नो सरकार हट्नुमा नेकपा माओवादी केन्द्र जस्तो कमजोर टेको हुनु प्रमुख कारण भएको बताए । उनले भने, ‘सरकार बनाउन हाम्रो टेकोले नपुगेर अर्को टेको पनि लगाएको हो, के गर्नु त्यो पनि कमजोर परेछ ।’

यस्तै, उनले कर्मचारी संगठनलाई सम्बोधन गर्दै निजामती कर्मचारीले सरकारको काम गर्नु पर्ने बताए । उनले कर्मचारीले निस्वार्थ भएर सरकारको काम गरे पुग्ने बताए ।

‘केजरीवालले पञ्जावमा उधुम गरिदिने नि, त्यो त राष्ट्रिय पार्टी हैन, नेपालमा एमाले ठूलो पार्टी हो,’ अध्यक्ष ओलीले भने, ‘नेपालमा एमाले भेल हो, आए कि बग्छ ।’

प्रतिक्रिया