मिस्टर नेपालको अडिशन शुरु

काठमाडौं । मिस्टर नेपालको अडिशन आजबाट शुरु भएको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि आयोजक मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले बताए ।
शनिवार काठमाडौमा अडिशन शुभारम्भ कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।
मिस्टर नेपाल २०२२ का आयोजक धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली ब्याबसायीलाई नै सहयोग पुग्ने बताए ।
कोभिडपछि खुल्दै गरेको बजार र ब्यावसायमा सरकारको सहयोग भए ब्यावसायीहरुको मनोबल उच्च हुने उनले बताए ।
उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने उल्लेख गरे ।
आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया