सोमबार, पुष १४, २०८२

एनआइसी बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

मेरोन्यूज २०७८ फागुन २९ गते १२:०५

काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल ‘द सोल्टी काठमाडौं र नेपालगञ्जको सेवा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट हुने भएको छ । बैंक र सोल्टी इन्टरप्राइजेजबीच भएको समझदारीअनुसार ग्राहकले छुट पाउने भएको हो ।

यससम्बन्धी समझदारी पत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका छन् । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना प्रयोगकर्तालाई देशभरका २३ सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । बैंकले हाल देशभर ३५८ शाखा कार्यालय सञ्चालन गरेको छ ।

यस्तै, ४७३ एटिएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिंगमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया