एनआइसी बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल ‘द सोल्टी काठमाडौं र नेपालगञ्जको सेवा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट हुने भएको छ । बैंक र सोल्टी इन्टरप्राइजेजबीच भएको समझदारीअनुसार ग्राहकले छुट पाउने भएको हो ।
यससम्बन्धी समझदारी पत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका छन् । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।
बैंकले आफ्ना प्रयोगकर्तालाई देशभरका २३ सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । बैंकले हाल देशभर ३५८ शाखा कार्यालय सञ्चालन गरेको छ ।
यस्तै, ४७३ एटिएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिंगमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जानकारी दिएको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया