कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजीनामा
मेरोन्यूज
२०७८ फागुन २९ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष आइतबार राजीनामापत्र बुझाएका हुन् । घिमिरेकै नेतृत्वमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको थियो ।
वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार छन् ।
बार अध्यक्षमा उम्मेदवार भएकाले उनले पार्टीको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् ।
घिमिरे बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धन दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत १९ गते मतदान हुँदैछ ।
सम्बन्धित
















टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया