गठबन्धन सरकारबाटै तीन तहको निर्वाचनः गगन
चुनावमा तालमेल गर्ने कि एक्लाएक्लै लड्नेबारेमा छलफल शुरु

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी तीनै तहको निर्वाचन गठबन्धन सरकारले नै गर्ने बताएका छन् ।
कुडा कर्णाली उत्सवका लागि सुर्खेत पुगेका थापाले निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने बल्ल छलफल शुरु भएको बताए । तर अहिलेसम्म गठबन्धन गरेर चुनावमा जाने सम्बन्धमा पार्टीमा कुनै निर्णय नभएको महामन्त्री थापाले बताए ।
‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित् छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।’
अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन गराउने सन्दर्भमा भने कुनै अलमल नरहेको उल्लेख गरे ।
पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्रो साताभित्र निर्णय हुने बताए ।
अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको हुँदा तल्लो तहको समिति र नेताहरूको रायका आधारमा चुनावी गठबन्धनबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाइ छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिक्रिया