शुक्रबार, माघ ९, २०८२

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा विजयी

मेरोन्यूज २०७८ फागुन ३० गते ७:४९

काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जंगबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । उनलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए ।

नेता जंगबहादुरका प्रतिस्पर्धी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।

प्रतिक्रिया