माधव नेपालले त्याग गर्नु पर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस पनि सहभागी हुने भएपछि अध्यक्ष नेपालले केही त्याग गर्नु पर्ने बताए ।
‘नेपाली कांग्रेसले अब स्थानीय निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा पनि हाम्रो सहभागी हुनु पर्यो भन्नु भएको छ, किनकी सबै प्रदेशमा गठबन्धन पार्टीको प्रतिनिधित्व छ, सुदूरपश्चिममा नेपाली कांग्रेसको सहभागी छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘यस विषयमा गम्भीर ढंगले छलफल भयो, अहिले यहाँ समाजवादीका मन्त्रीहरू धेरै हुनुहुन्छ, त्यस कारण समाजवादीले नै वा माधव नेपाल ज्युले नै कति सकिन्छ अब त्याग गर्ने पालो तपाईको आयो भन्ने कुरा आयो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिममा सहभागी हुन खोजेपछि संख्या बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको बताए । उनले नेकपा एसका अध्यक्ष नेपालले पार्टीका छलफल गरी सुदूरपश्चिममा कांग्रेसलाई सहभागी गराउनेबारे जानकारी दिने बताए ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया