होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वका बीच होर्मुज जलडमरु क्षेत्रमा मानवीय आवश्यकताहरू पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्न एक कार्यदल गठन गरेका छन् । उनका प्रवक्ताले जानकारी दिए अनुसार, मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरु हुँदै हुने समुद्री व्यापारमा अवरोध आउँदा आगामी महिनाहरूमा मानवीय सहायता र कृषि उत्पादनमा गम्भीर असर पर्न सक्ने जोखिम बढेको छ ।
महासचिव गुटेरेसले द्वन्द्वको दिगो समाधानका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै तत्काल समुद्री चुनौती समाधान गर्न आवश्यक देखेर कार्यदल गठन गरिएको बताउनुभएको छ । यस कार्यदलले जलडमरु क्षेत्रमा जहाजहरूको सुरक्षाका उपायहरू खोज्नेछ ।
नयाँ संयन्त्रमार्फत मल तथा त्यससँग सम्बन्धित कच्चा पदार्थको व्यापार सहज बनाउने लक्ष्य राखिएको छ । यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रहरूसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिनेछ ।
यसैबीच, स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय निकायका अनुसार दुबईबाट पठाइने राहत सामग्री पुनः नियमित बन्दै गएको छ ।
मध्यपूर्वमा इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको लडाइँ तीव्र बन्दै जाँदा चिन्ता बढेको छ । लेबनानमा करिब १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जुन त्यहाँको कुल जनसंख्याको करिब पाँचौं हिस्सा हो । बालबालिकाहरू विशेष रूपमा प्रभावित भएका छन्, दैनिक करिब १९ हजार बालबालिका विस्थापित भइरहेका छन् ।
शान्ति स्थापनामा खटिएका संयुक्त राष्ट्रका सैनिकहरूको सुरक्षा अवस्था पनि कमजोर बन्दै गएको छ । हालै सीमावर्ती क्षेत्रमा ठूलो संख्यामा आक्रमणका गतिविधिहरू देखिएका छन् ।
प्रवक्ताले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा हुने सैन्य कारबाही रोक्न आग्रह गरे, किनभने यसले सर्वसाधारणलाई सबैभन्दा बढी असर पारिरहेको छ ।
पश्चिम किनार क्षेत्रमा पनि हिंसा जारी छ । केही स्थानमा नागरिकको ज्यान गएको छ भने बसोबास क्षेत्रहरूमा आक्रमण र क्षति बढेको छ । हालैका महिनाहरूमा यस्ता घटनाका कारण हजारौँ मानिस विस्थापित भएका छन् ।
गाजा क्षेत्रमा राहत वितरण जारी रहे पनि पहुँचमा अवरोध, आपूर्ति श्रृंखलामा समस्या र निरन्तर आक्रमणका कारण चुनौतीहरू कायम छन् ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया