सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्री देउवा पालिकाको भवन उद्घाटन गर्न नुवाकोटमा

मेरोन्यूज २०७८ फागुन ३० गते १२:१४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोट पुगेका छन् । स्थानीय तहको एक कार्यक्रममा सहभागी हुन उनी नुवाकोट पुगेका हुन् ।

Advertisement
NiccNicc

आज बिहान देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

प्रधानमन्त्री देउवाको साथमा साथमा कांग्रेस नेता डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । उनी दिउँसो ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले बताए ।

प्रतिक्रिया