सोमबार, वैशाख २८, २०८३

टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु

मेरोन्यूज २०८३ वैशाख २८ गते ९:०५

टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुरु भएको छ। 

Advertisement
NiccNicc

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए ।

जहाज धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको थियो । जहाजलाई धावनमार्गबाट हटीसकेपछी उडान फेरी सञ्चालनमा आएको छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया