जसपाले यसरी छान्ने भयो स्थानीय तहका उम्मेदवार ( विधिसहित)
स्थानीय तह निर्वाचन निर्देशिका तयार, उम्मेदवार बन्न ७ बुँदे योग्यताको मापदण्ड तयार

काठमाडौं । सरकारमै रहेको जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने विधि टुंग्गो लगाएको छ । उम्मेदवारको योग्यता र छनौट विधिमा पार्टी शीर्ष तहमा सहमति बनाईएको जसपाका एक नेताले जानारी दिएका छन् ।
त्यसका लागि जसपाले स्थानीय तह निर्वाचन निर्देशिका पनि बनाएको छ ।
यसरी छानिन्छन् उम्मेदवार
१) जसपाले बनाएको स्थानीय तह निर्वाचन निर्देशिका अनुसार कुनै पनि स्थानिय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने प्रमसख उपप्रमुख , वडा अध्यक्ष या सदस्यका आकांक्षीलाई पहिला उम्मेदवार हुनुपर्ने भएमा सम्वन्धित पार्टी कमिटिले नाम सिफारिस गर्नुपर्ने पहिलो विधि बनाएको छ ।
त्यसो गर्दा सम्वन्धित कमिटिले सम्भावित तीन जना सम्मको नाम सिफारिस गर्नुपर्ने विधि बनाएको छ । त्यसरी नाम सिफारिस गर्दा सम्वन्धित पार्टीको कमिटिले पहिला बैठक बस्नुपर्ने र बैठकका आधारमा सकभर सर्वसहमतकाक आधारमा तीन जना सम्मको नाम उम्मेदवारका रुपमा सिफारिस गर्ने गरी पहिलो विधि जसपाले स्थानीय तह निर्वाचन निर्देशिकामा बनाएको छ । तर विवादका रुपमा नाम सिफारिस गर्न नपाइने पनि जसपाको निर्देशिकामा उल्लेख छ ।
२) त्यसरी नाम सिफारिस गर्दा छलफलका आधारमा निश्कर्ष निकालेमा सहज हुने जसपाले बताएको छ । तर त्यसरी नाममा निश्कर्ष निस्कन सकेन भने सम्वन्धित पार्टी कमिटिले माथिल्लो कमिटिमा निर्णयका लागि पठाउनु पर्ने प्रावधान बनाएको छ । माथल्लो कमिटिले पनि आफुखुसी मन लागेका आधारमा निर्णउय गर्न नपायने पनि उसले निर्देशिकामै ब्यवस्था गरेको छ ।
सहमत नभई निर्णयका लागि माथिल्लो कमिटिमा आएको विषयमा माथिल्लो कमिटिले निर्णय लिँदा सम्बन्धित स्तरको गाउँ, नगर र वडाको वस्तुस्थिति, उम्मेदवारको अवस्था, पार्टीको अवस्था र अन्य प्रतिस्पर्धी दलको अवस्थाको मूल्यांकन गरी उम्मेदवारको छनोट गर्नुपर्ने विधि बनाइएको छ ।
३) गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगर र उपमहानगरका प्रमुख/उपप्रमुख पदको उम्मेदवारी जसपाले माथिल्लो कमिटिको निर्णयका आधारमा भन्दा पनि सम्वन्धित पार्टी कमिटिकै निर्णय र छनौटका आधारमा टुंग्गो लगाउने विधिलाई जसपाले पहिलो प्राथमिकतामा राखेको छ ।
सम्वन्धित पार्टी कमिटिमा छलफल गर्दा उम्मेदवार टुंग्गो नलागेमा मात्र पार्टीको जिल्ला समन्वय समितिमा पठाउनुपर्ने विधि बनाएको छ । जिल्लाले पनि टुग्गो नलगाएमा मात्रै प्रदेशको कार्यकारिणी कमिटिले उम्मेदवारको टुंगो लगाउने निर्वाचन निर्देशिका जसपाले पार्टीको बैठकबाट पारित गराएको छ ।
उम्मेदवार टुंगो लगाउने प्रदेश कार्यकारिणी समितिको बैठकमा राष्ट्रिय समितिका अध्यक्ष समेत रहने व्यवस्था पनि उसले गरेको छ ।
४) महानगरपालिकाको उम्मेदवार भने पार्टीको केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीबाट मात्रै गर्ने र त्यसरीस गर्दा पनि सम्वन्धित कमिटि हुादै सिफारिस हुन आएका नामका आधारमा रहेर मात्र गर्ने विधि जसपाको छ ।
५) वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवारी भने प्रारम्भिक समिति, सम्बन्धित गाउँ, नगरपालिकाले टुंगो लगाउन सक्ने छ । त्यहाँ नटुंगिएमा जिल्ला समन्वय समितिले टुंगो लगाउने छ ।
६) वडा देखिमेयर उपमेयर, अध्यक्ष, उपाध्यक्ष सम्मका उम्मेदवारका लागि पनि उसले उम्मेदवारको योग्यताको मापदण्ड पनि बनाएको छ । त्यस्तो मापदण्ड सात वुँदामा रहेर बनाएको जसपाका एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।
उनका अनुसार उम्मेदवार हुन चाहानेले पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकत्वलाई आत्मसाथ गर्ने पर्ने, पार्टी कमिटिमा संगठितरसक्रिय रहेको हुनुपर्ने, सामाजिक काममा समर्पित हुनसक्ने, स्वच्छ छवी भएको, जनाधार र विजयी हुनसक्ने खालको वातावरण निर्माण भएको हुनुपर्ने र सम्बन्धित गाउँ, नगर र वडाको वस्तुस्थिति बुझेको र सुशासन प्रत्याभूति गर्न सक्ने ब्यक्ति हुनुपर्ने योग्यताको मापदण्ड पनि जसपाले बनाएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया