नेपाल बैंकको कार्डले न्यूरो कार्डियो हस्पिटलमा विशेष छुट

काठमाडौं । विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलले नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई उपचारमा विशेष छुट दिने भएको छ ।
नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई पक्षीय सम्झौतासँगै नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म र नेपाल बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोडमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच फाल्गुण २७ गते सम्झौता भएको थियो ।
सम्झौता पत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरेका थिए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया