सोमबार, वैशाख २८, २०८३

साउदीका विदेशमन्त्री नेपाल आए

मेरोन्यूज २०७८ फागुन ३० गते २०:४९

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आइपुगेका छन् ।
साउदसहित १८ सदस्य टोली ६ बजेर ५५ मिनेटमा नेपाल आएका हुन् ।

साउदीबाट चार्टर विमानबाट १८ सदस्यीय टोलीसहित राजकुमार साउद नोपल आएका हुन् ।

साउदी विदेशमन्त्री साउदलाई परराष्ट्र सचिले विमानस्थलमा स्वागत गरेका थिए । नेपालको औपचारिक भ्रमणमा काठमाडौं आएका उनी मंगलबार नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमानस्थालमा नेपालका लागि साउदी अरबका राजदुत मुसैद अलमरवामी पनि स्वागतका लागि विमानस्थल पुगेका थिए ।
मंगलबार उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री र परराष्ट्रसँग भेट गर्ने कार्यक्रम छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया