सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि गगनले दिए दुई वर्षको तलब
मेरोन्यूज
२०७८ चैत १ गते १२:२४

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भएको छ । पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंगलबार बिहान सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
उनले उक्त उद्घाटनका क्रममा स्वास्थ्य केन्द्र सञ्चालनका लागि सांसद बापत प्राप्त २ वर्षको तलब सहयोग गर्ने बताएका हुन् । उनले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिन काठमाडौं वडा नम्बर ३० को वडा कार्यालयले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।
हाल उक्त स्वास्थ्य केन्द्रमा अहिले ९ जना महिला कर्मचारी मात्र कार्यरत छन् । २ जना स्वास्थ्यकर्मी वडाले खटाउने र स्वास्थ्यकर्मी वडाका हरेक घर पुगेर स्वास्थ्य अनुगमन गदै आएका छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया