पल शाहलाई फेरि तनहुँ ल्याइयो

तनहुँ । नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।
डीएसपी खड्का अनु्सार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्ने उनले संकेत गरे ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि पल प्रहरी हिरासतमा रहेका छन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पुर्याएको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेपछि थप अनुसन्धानका लागि त्यहाँ लगिएको थियो ।
घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया