शनिबार, फागुन २३, २०८२

सिटिजन्स बैंकको वार्षिकोत्सवमा विशेष योजना

मेरोन्यूज २०७८ चैत २ गते १७:०१

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजना सार्वजनिक गरेको छ । आगामी वैशाख ७ गते परेको वार्षिकोत्सवलाई ध्यानमा राख्दै बैंकले १ महिनाका लागि लागू हुने सेवा सुविधामा भारी छुट ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकको योजनाअन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताल अनलाईनमार्पmत एक हजार वा बढीको कारोबार गर्दा एक मुष्ठ २०० क्यासब्याक दिइने छ । यसैगरी पहिलोपटक क्यु आर कोडमार्पmत भुक्तानी गर्ने ग्राहकका लागि १०० रुपैयाँको क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।

त्यस्तै, पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपयाँसम्मको स्वास्थ्य बीमा सुविधासहित सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताका लागि निःशुल्क डेविट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका बैंकको एटिएमबाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्थासमेत गरेको छ ।

यस्तै, ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरण प्राप्त गर्ने जस्ता सेवा बंैकका कर्मचारीको सहयोगबिना प्राप्त गर्न सक्नु हुनेछ । हाल बैंकले देशैभर १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया