नेकपा एसद्वारा सबै प्रदेशमा अनुगमन टोली खटाउँदै
मेरोन्यूज
२०७८ चैत ३ गते १६:२०

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनअघि संगठनको पहिचान गर्न सबै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।
जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ ।
अनुगमन टोलीले सबै स्थानीय तहको रिर्पोटिङ, पार्टी संगठनको वास्तविक परिस्थितिलगायत विषयको सूचना संकलन गर्ने छ ।
सम्बन्धित
















भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया