इंग्लिस प्रिमियर लिग : एभर्टनको सानदार जित
मेरोन्यूज
२०७८ चैत ४ गते ६:३३

काठमाडौं । इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-०अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान गुडिसन पार्कमा निर्घारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । इन्जुरी समय १५ मिनेट खेलिएको थियो ।
खेलको ८३औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछी एभर्टन १० खेलाडीमा सीमित भएको थियो । तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन ।
जितसंगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ । उसको २७ खेलबाट २५ अंक रहदा १७औं स्थानमा छ । यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४औं स्थानमा छ ।
जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया