शनिबार, फागुन २३, २०८२

महालक्ष्मी विकास बैंक पाटन शाखाद्धारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

मेरोन्यूज २०७८ चैत ४ गते १०:५६

काठमाडौं । महालक्ष्मी बिकास बैक लिमिटेडको बैतडी,पाटन शाखाले पाटन-४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोही कार्यक्रम अन्तर्गत नै बैंकको बैतडी, पाटन शाखाले पाटन ̵ ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रि«य खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाइ उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया