स्थानीय तहको निर्वाचन कार्य तालिका सार्वजनिक, ११ र १२ गते उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ चैत ४ गते १५:५४

काठमाडौँ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारी दर्ता गर्ने मिति तय भएको छ। निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तय गरेको हो।
आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि २ दिन तय गरेको जानकारी दिएको छ। उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ मा उम्मेदवारको नाम सार्वजनिक गरिने छ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ गते मिति तोकिएको छ। त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने छ। यस्तै, १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ।

सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया