स्थानीय तहको निर्वाचन कार्य तालिका सार्वजनिक, ११ र १२ गते उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ चैत ४ गते १५:५४

काठमाडौँ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारी दर्ता गर्ने मिति तय भएको छ। निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तय गरेको हो।
आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि २ दिन तय गरेको जानकारी दिएको छ। उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ मा उम्मेदवारको नाम सार्वजनिक गरिने छ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ गते मिति तोकिएको छ। त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने छ। यस्तै, १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ।

सम्बन्धित
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया