सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना इण्डोनेशिया जाँदै

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४४ औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका छन्। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन शुक्रबार बेलुका इन्डोनेशिया जाने भएका हुन् र
अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरू भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरू सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहने छन्।
त्यस्तै, संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो ः मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन्।
सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रबार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ।
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया