कतारकाे प्रदर्शनी मेलामा नेपाली अलैंची

ताप्लेजुङ,
नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाकाे प्रदर्शनीमा राखिएकाे छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो ।
दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरपालिका-६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैंची पुष्पलाल ओझाले ताप्लेजुङ ग्रेडिङ गरे । उनले झापाको बिर्तामोडमा प्याकेजिङ गरे । त्यहीं अलैंची दोहाकाे प्रदर्शनीमा राखिएकाे हाे । अहिले प्रदर्शनका लागि दुबई पनि पठाइएको छ । ताप्लेजुङलगायत देशभरको उत्पादन कतार, साउदी अरब, दुबई लगायतका खाडी राष्ट्रमा पुग्छ । तर, नेपालको नामबाट नजाने सराेकारवाला बताउँछन् ।
नेपालकै नामबाट सिधै ति मुलुकमा पठाउने प्रक्रियाका लागि नेपालबाट अलैंची पठाएको वातावरण संरक्षण तथा विकास मञ्चका पूर्वअध्यक्ष चन्द्रप्रकाश भट्टराई (सिपी)ले बताए । उनले बताए । उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा कतारमा रहेका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको हो । याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्र मार्फत लगिएको अलैंची कतारका नागरिकले अधिक मनपराएको र प्रकृयाका विषयमा भट्टराईले बताए ।
प्रदर्शनीमा बसेका पौडेलका अनुसार कतारका नागरिकको चासो देख्ता प्याकेजिङमा सुधार गरेर हवाइ जहाजमार्फत लैजान सकिने हिम्मत बढेको छ । ‘प्याकेजको बाहिर यहँको स्थानीय भाषामा लेख्नु पर्नेरहे छ,’ उनले भने, ‘यहँको नियमानुसार खाद्य गुणस्तर परीक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनु पर्ने रहेछ । कतारका नागरिकले अनिवार्य मसलाको रुपमा प्रयोग गर्दै आएको उनले बताए । भट्टराईले भने, ‘हामीले चिरा मसल तथा बाह्र मसल प्रयोग गरे जस्तै कतारका नागरिकहरुले अलैंचीको प्रयोग गर्ने गर्दछ ।’
कतारमा नेपाली अलैंची प्रतिकेजी १२० रियालमा खरिद बिक्री हुँदै आएको पौडेलले बताए ।अहिलेसम्म नेपालको अलैंची भारत जाने र भारतले आफ्नै ब्राण्ड बनाएर बिक्रि गर्ने गरेको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया