डेटा शुल्क घटाउने नेपाल टेलिकमको तयारी

काठमाडौँ । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् ।
उनले ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको स्पष्ट पारिन् । तर, त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाई थियो ।
नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरेकी थिइन् ।
‘यसको मूल्य चाहिँ घट्दै छ, यो महंगो छ भन्न त नमिल्ला, प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ–यो वायरलेस डेटाको कष्ट चाहिँ १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ, यो कोभिडको कारणले गर्दा खेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो,’ उनले भनिन्, ‘त्यस कारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौँ, यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ ।’
उनले नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी दिइन् ।













६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया