डेटा शुल्क घटाउने नेपाल टेलिकमको तयारी

काठमाडौँ । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् ।
उनले ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको स्पष्ट पारिन् । तर, त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाई थियो ।
नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरेकी थिइन् ।
‘यसको मूल्य चाहिँ घट्दै छ, यो महंगो छ भन्न त नमिल्ला, प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ–यो वायरलेस डेटाको कष्ट चाहिँ १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ, यो कोभिडको कारणले गर्दा खेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो,’ उनले भनिन्, ‘त्यस कारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौँ, यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ ।’
उनले नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी दिइन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
कुलमान घिसिङले गरे मतदान
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया