दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ चैत ५ गते १६:१६
काठमाडौँ । दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो।
प्युठानको माण्डवी गाउँपालिका २ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १२ यात्रु घाइते भएका छन्। ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो।
बसमा कति यात्रु थिए पत्ता लागेको छैन। घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन्।
दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ।
सम्बन्धित
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया