सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ।
कम्पनीका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनको सहभागितामा प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा कार्यक्रमहरू सम्पन्न गरिएको हो। सोही अवसरमा नेपाल रेड क्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
यसका साथै काठमाडौँको शान्तिनगरस्थित निःसहाय सेवा सदन मा आश्रित वृद्धवृद्धाहरूका लागि आहार–विहार कार्यक्रम सञ्चालन गरिएको थियो। यस्ता कार्यक्रममार्फत कम्पनीले सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सम्पर्क प्रणाली सुदृढीकरणमा जोड दिँदै आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।
हाल कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी परिचालन गरिएको छ। साथै, २२ हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा आबद्ध रहेका छन्।
















सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया