शनिबार, चैत १४, २०८२

‘गणतन्त्रलाई गोरु गाडा चढेर अमेरिका जानेसँग दाँज्ने मान्छे जिउँदै छन्’

मेरोन्यूज २०७८ चैत ५ गते २०:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरूका कारण देशमा संघीय गणतन्त्र सम्भव भएको बताएका छन्। सिन्धुली जिल्लाको पार्टी कार्यालय भवन उद्घाटन गर्दै उनले संघीय गणतन्त्रको विरोध गर्ने शक्तिमा

Advertisement
nepal life insurencenepal life insurence

‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ, समावेशिता र समानुपातिकता छ, तीन तहको सरकार छ, सोहीअनुसार संविधान निर्माण गर्यौं, र त्यो संविधानसभासम्म आइपुग्न हजारौँ छोराछोरीले रगत बगायो, त्याग गरे, उनीहरूको तपष्यको बलमा यो आएको हो,’ प्रचण्डले भने ।

यस्तै, प्रचण्डले देशमा गणतन्त्रलाई गोरु गाडा चढेर अमेरिका जाने कुरासँग दाज्ने मान्छे जिउँदै भएको बताए। उनले भने, ‘स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर देशमा शान्ति सम्झौताको ढोका खुल्यो, जतिबेला हामी गणतन्त्रको प्रक्रियामा अगाडि बढ्दै थियौँ, यो देशका आफूलाई ठूलो पार्टी भनौदाहरूका केही नेताहरू नेपालमा गणतन्त्र आउँछ भन्नु र गोरु गाडा चढेर अमेरिका जाने एउटै कुरा हो भन्ने मान्छे अहिले पनि जिउँदै छन्।’

प्रचण्डले ती मान्छेहरू अहिले पनि गणतन्त्रको विरोधमा भएको बताउँदै गोरु गाडाको सिद्धान्तमा नै रमाएको बताए। उनले ती मान्छेहरू संविधान उल्टाएर देशलाई धार्मिक अतिवादमा लगेर सुम्पिन चाहेको आरोप लगाए।

प्रतिक्रिया