होली खेल्न बोलाएर सूर्य थापाले एमाले प्रवेश गराए, युवाहरूले गरे विरोध

काठमाडौँ । नेकपा एमालेले होली मनाउन भन्दै बोलाएर पार्टी प्रवेश गरेको प्रचार गरेपछि प्युठान नगरपालिका ७ का युवाहरूले असहमति जनाउँदै विज्ञप्ति प्रकाशित गरेका छन् ।
एमाले प्युठानको फेसबुक पेजबाट चैत्र ३ गते नेपाली कांग्रेस प्युठानको हेड क्वाटर तथा गढ मानिने प्यूठान नगरपालिका ७ बाट शमशेर नेपाली, भरत नेपाली, विजय नेपाली तथा गोविन्द थापालगायत ६७ जना युवाहरू नेकपा एमाले प्युठानमा पार्टी प्रवेश गरेको सार्वजनिक गरेको थियो।
नवप्रवेशीहरूलाई एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इञ्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद तथा प्युठान सह इञ्चार्ज हरि प्रसाद रिजाल, एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले स्वागत गरेका छन् भन्दै फोटोसहित पोष्ट गरिएको थियो।
प्रवेश गरिएको भनिएका १३ जना युवाहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामीलाई होली भन्दै बोलाइयो, होलीमा रंग दलिन्छ, तर हामी पार्टी प्रवेश गरेका होइनौँ, विगतमा हामी कुनै पार्टीमा नभएता पनि अब एमालेले नै हामीलाई कांग्रेस हेडक्वाटरबासी भनिसकेपछि आजैका मितिदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दछौँ ।’
नेपाली कांग्रेस प्युठानका उपसभापति देवेन्द्र बर्माले आफूहरूलाई पार्टी प्रवेश गराउन आग्रह गरेको बताए। हामी प्युठान कांग्रेस हेडक्वाटरबासी रहेछौँ, हामी अहिलेसम्म कतै थिएनौं, अब तपाईंहरूसँगै हुन्छौँ भन्दै विज्ञप्ति दिएपछि पार्टी प्रवेश गराएको उपसभापति बर्माले बताए।
















एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया