आइतबार, चैत १५, २०८२

रुस–युक्रेन शान्ति वार्ता थप लम्बिने

मेरोन्यूज २०७८ चैत ५ गते २०:५६

काठमाडौँ । रूस र युक्रेनबीच विभिन्न विषयमा भइरहेको वार्ता थप लम्बिन सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उदृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ, सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ।’

यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रूसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रमा प्रहार गरेको बताएका थिए। उनका अनुसार त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टिएयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन्। यसैबीच अमेरिकाले रूसले प्रयोग गर्ने सय विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ।

द किभ इन्डिपेन्डेन्टअनुसार यीमध्ये एउटा हवाईजहाज रूसी अर्बपति रोमन अब्रामोभिचको हो। संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले युक्रेनमा आफूले न त युद्धमा प्रत्क्ष संलग्न हुने छन् न युक्रेनी आकाशलाई रूसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताए।

युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रूसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२ औँ रूसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो। तर, फेब्रुअरी २४ मा रूस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रूसले युक्रेनमा विशेष सैन्य परिचालन सुरु गरेको रूसले दाबी गर्दै आएको छ।

रूसले युक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ। रूसको आक्रमणपछि युक्रेनबाट हजारौँ शरणार्थी छिमेकी देशबाट पश्चिमी मुलुक प्रवेश गरेका छन्।

प्रतिक्रिया