आइतबार, चैत १५, २०८२

दक्षिण कोरियामा दैनिक पौने चार लाख कोरोना संक्रमित थपिँदै

मेरोन्यूज २०७८ चैत ५ गते २१:२९

काठमाडौँ । दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ संक्रमित भएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

थपिएका संक्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल संक्रमितको संख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ। पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या साढे तीन लाखभन्दा बढी भएका छन्।

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेपछि दैनिक संक्रमितको संख्यामा वृद्धि भएको हो।्

प्रतिक्रिया