दक्षिण कोरियामा दैनिक पौने चार लाख कोरोना संक्रमित थपिँदै
मेरोन्यूज
२०७८ चैत ५ गते २१:२९

काठमाडौँ । दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ संक्रमित भएका हुन्।
थपिएका संक्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल संक्रमितको संख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ। पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या साढे तीन लाखभन्दा बढी भएका छन्।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेपछि दैनिक संक्रमितको संख्यामा वृद्धि भएको हो।्
सम्बन्धित
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया