निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक प्रथम

काठमाडौँ । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तारमा उच्च वृद्घि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिका आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो।
गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ। यस्तै, कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको देखिन्छ।
कूल २७ बाणिज्य बैंकमध्ये १७ वटा बाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ। बाँकी १० वटा बाणिज्य बैंकको निक्षेपमा गिरावट भएको देखिन्छ। बाणिज्य बैंकहरूको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ ।
त्यसैगरी सबै बाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ। औसतमा बाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्घि भएको देखिन्छ। अहिले बाणिज्य बैंकसँग कूल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कूल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।
फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ। नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ। औसतमा बैंकको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ।
नेपालभर २१३ शाखा, १४७ एटिएम साथै ४७ वटा एक्टेन्सन काउण्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
















वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया