निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक प्रथम

काठमाडौँ । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तारमा उच्च वृद्घि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिका आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो।
गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ। यस्तै, कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको देखिन्छ।
कूल २७ बाणिज्य बैंकमध्ये १७ वटा बाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ। बाँकी १० वटा बाणिज्य बैंकको निक्षेपमा गिरावट भएको देखिन्छ। बाणिज्य बैंकहरूको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ ।
त्यसैगरी सबै बाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ। औसतमा बाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्घि भएको देखिन्छ। अहिले बाणिज्य बैंकसँग कूल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कूल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।
फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ। नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ। औसतमा बैंकको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ।
नेपालभर २१३ शाखा, १४७ एटिएम साथै ४७ वटा एक्टेन्सन काउण्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया