महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।
नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ, यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने छ ।
” अहिले ५२ महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो । महिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ ।
समाज परिर्वतनका लागि महिला तथा दलितको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उहाँको भनाइ छ । लोकसेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
















अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
प्रतिक्रिया