आइतबार, माघ ११, २०८२

‘माओवादीका वडाध्यक्षहरू एमाले प्रवेश गरेको कुरा झुट्टा मात्र’

मेरोन्यूज २०७८ चैत ६ गते २०:११

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्ट एमाले प्रवेश गरेका छन्। उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए।

एक कार्यक्रमबीच विष्टसहित सुर्खेतको गुर्भाकोट नगरका सबै वडाध्याक्षसमेत एमाले प्रवेश गरेको भन्दै नामावाली बाचन गरिएको कुरा झुट्टो भएको बताएको छ। सबै वडाध्यक्षले आफूहरू एमाले प्रवेश गरेको प्रचार झुट्टा र भ्रम छर्न भएको बताएका छन्। उनीहरूले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

‘नेकपा माओवादी केन्द्र गुर्भाकोट नगरअर्न्तगतका वडाध्यक्षहरू समेत एमाले प्रवेश गरेको भनी बाचन गरेको नाम झुट्टा र काल्पनिक मात्र भएको अवगत गराउँद छौँ,’ वडाध्यक्षहरूले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘विचलित व्यक्तिका पछाडि नलागी क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रकै वरिपरी संगठित भई पार्टीलाई थप सुदृढ र बलियो बनाउनका लागि सम्पूर्ण पार्टी सदस्य र क्रान्तिकारी एवं प्रगतिशिल जनसमुदायमा अपिल गर्दछौँ।’

प्रतिक्रिया