यु-१८ महिला साफ: भारत र नेपाल भिड्दै

काठमाडौं । अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ । जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । प्रिती राईको कप्तानीमा रहेको नेपाल भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।
तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न भने नेपाललाई सहज छैन । पहिलो भेटमा नेपाल भारतसँग ७-० अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसंग ४(२ अन्तरले पराजित भएको थियो ।
तीन राष्ट्र सहभागी डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपकोमा भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट बंगलादेशको तीन अंक रहँदा नेपाल भने विना अंक पुछारमा छ ।
च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । दुई खेलमा अंकविहीन नेपाल पुछारमा रहेको छ । तालिकाको शीर्ष टोलीले उपाधि जित्नेछ ।
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया