यु-१८ महिला साफ: भारत र नेपाल भिड्दै

काठमाडौं । अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ । जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । प्रिती राईको कप्तानीमा रहेको नेपाल भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।
तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न भने नेपाललाई सहज छैन । पहिलो भेटमा नेपाल भारतसँग ७-० अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसंग ४(२ अन्तरले पराजित भएको थियो ।
तीन राष्ट्र सहभागी डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपकोमा भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट बंगलादेशको तीन अंक रहँदा नेपाल भने विना अंक पुछारमा छ ।
च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । दुई खेलमा अंकविहीन नेपाल पुछारमा रहेको छ । तालिकाको शीर्ष टोलीले उपाधि जित्नेछ ।









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया