महालक्ष्मी बैंकद्वारा विद्यालयलाइ सहयोग

काठमाडौँ । विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’को नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंक साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित श्री सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक-एक ट्यांक र डष्टबिन हस्तान्तरण गरिएको बैंक शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए।
बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया