महालक्ष्मी बैंकद्वारा विद्यालयलाइ सहयोग

काठमाडौँ । विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’को नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंक साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित श्री सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक-एक ट्यांक र डष्टबिन हस्तान्तरण गरिएको बैंक शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए।
बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया