आमा बन्दै सोनम कपुर

काठमाडौं,
बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको यो निर्णयले बलिउडमा खुसीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं । दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा । हाम्रो परिवार, तिमीलाई प्रेम बर्साउनेछ र सहयोग गर्नेछ । हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्बिरसहित लेखेकी छन् ।
सामाजिक सञ्जालमा वाणी कपूर, करीना कपूर, अंशुला, खुसी, अबू जानी, जाह्नवी कपूरलगायतले सोनमलाई बधाई दिएका छन्।
सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन् । उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन् । विवाहपछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लन्डनमा बस्दै आएकी छन् । परिवारका अनुसार आगामी अगस्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ ।










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया