एनआईसी एशिया बैंकको एपमार्फत देशभर पैसा पठाउन सकिने
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो ग्राहकले मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ। बैंकले गत चैत्र १ देखि ०७९ वैशाख ३१ सम्म उक्त योजना ल्याएको हो।
यस योजनामा ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी निःशुल्क देशभर रकम पठाउन सक्ने छन्। यस सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने छन्।
यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ एपमार्फत रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहकले बैकिङभित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने छन्।
देशभर ३५८ शाखा, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान एनआईसी एसियाले थप आर्कषक योजना ल्याएको हो।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया