बिमस्टेकमा प्रधानमन्त्री भर्चुअल माध्यमबाट सहभागी हुने
मेरोन्यूज
२०७८ चैत ७ गते १७:११

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट सहभागिता हुने भएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।
बिमस्टेक मन्त्री स्तरीय बैठक र बिमस्टेक परराष्ट्र सचिव–वरिष्ठ पदाधिकारी बैठकमा क्रमशः परराष्ट्रमन्त्री, परराष्ट्र सचिव स्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाउन नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडा पत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया